समितिले मन्त्रालयलाई भन्यो, –ओमिक्रोन भेरियन्ट फैलिन नदेउ

समितिले मन्त्रालयलाई भन्यो, –ओमिक्रोन भेरियन्ट फैलिन नदेउ

समितिको आज बसेको बैठकले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको हो ।


  समितिले मन्त्रालयलाई भन्यो, –ओमिक्रोन भेरियन्ट फैलिन नदेउ

काठमाडौ, । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिन नदिन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको हो । 

विश्वका विभन्न देशमा फेला परिसकेको ओमिक्रोन नेपालमा फैलिन नदिन समितिकी सभापति जयपुरी घर्तिले आवश्यक योजनासहित अघि बढ्न निर्देशन दिएकी हुन् , 
भारतमा कोरोनाको नयाँ भेरियन्ट भित्रिइसकेो अवस्थामा नेपाल पनि जोखिममा परेको घर्तीले बताइन्  ।

नेपालमा भारतबाट बढी आवतजावत हुने भएकाले ओमिक्रोनबाट जोगिन आवश्यक सतर्कता अनाउन उनले निर्देशन दिइन।

नाकामा खोप कार्ड र कोरोना परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था मिलाउन उहाँको आग्रह छ।कोभिड(१९ विरुद्धको खोप सकेसम्म छिटो सबै नागरिकलाई लगाइसक्ने वातावरण बनाउन पनि समितिकी सभापति घर्तीको आग्रह छ। 

भारतमा केही दिन अघिमात्र दुई जनामा ओमिक्रोन भेरियन्ट देखिएको थियो । नेपाललाई ओमिक्रोन भेरियन्टको सम्भावित संक्रमण फैलिन नदिनका लागि दक्षिण अफ्रिकाका देशबाट नेपाल आउन प्रतिवन्ध लगाएको छ । 


प्रकाशित मिति: आइतबार, १९ मंसिर, २०७८, २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९