भोलि पौडेल पक्षले सभापतिको उम्मेदवारको टुंगो लगाउने

भोलि पौडेल पक्षले सभापतिको उम्मेदवारको टुंगो लगाउने

पौडेल पक्षले आज चाक्सीबारीमा दिनभरि छलफल गरेपनि नटुंगिएपछि भोलि विहान ९ बजे बस्ने बैठकले सभापतिको उम्मेदवार तय गर्ने भएको हो ।


भोलि पौडेल पक्षले सभापतिको उम्मेदवारको टुंगो लगाउने


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न पार्टीको महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार भोलि बनाउने भएको छ ।

पौडेल पक्षले आज चाक्सीबारीमा दिनभरि छलफल गरेपनि नटुंगिएपछि भोलि विहान ९ बजे बस्ने बैठकले सभापतिको उम्मेदवार तय गर्ने भएको हो । साझा उम्मेदवार बनाउनका लागि सहमति नजिक पौडेल पक्ष पुगेको छ । 

महामन्त्री शशांक कोइरालाले भने पौडेललाई समर्थन गर्दै आफ्नो दाबेदारी फिर्ता लिएका छन् । प्रकाशमान सिंह र शेखर कोइरालाले दावी फिर्ता लिएका छैनन । सम्भवत पौडेल नै सभापतिको उम्मेदवार बन्ने चर्चा रहेको छ ।  


प्रकाशित मिति: मंगलबार, २१ मंसिर, २०७८, २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९