इतर पक्षको साझा उम्मेदवार उठाउनुपर्ने दबाबका बीच शेखरले प्रचारप्रसार शुरू गरेका हुन् ।
’
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार शुरू गरेका छन् । इतर पक्षको साझा उम्मेदवार उठाउनुपर्ने दबाबका बीच शेखरले प्रचारप्रसार शुरू गरेका हुन् ।
आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताउँदै आएका शेखरले अर्का आकांक्षी प्रकाशमान सिंहले दाबी छाडे आफूले पनि छाड्ने बताएका थिए । तर, सिंहले आफ्नो दाबी कायमै रहेको बताएपछि शेखरले पनि आफूले केन्द्रीय सभापतिको पदमा उम्मेदवार दिने बताएका छन् ।
पौडेल भने सिंह र शेखरबीच सहमति नबन्दा दुःखी छन् । उनले बुधबार बसेको बैठकमा दिक्क मान्दै सहमति नबने राजनीतिबाटै बिदा हुन्छु भनेका थिए ।
यी तीनैजना नेताहरू बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा गएनन् । साझा उम्मेदवार छान्ने कसरतसहित आपसमा छलफलमा रहेका उनीहरूबीच कुनै खाले सहमति हुन सकेको छैन ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९