११ महिनापछि प्रतिस्पर्धी कांग्रेसको मञ्चमा देखिन लागेका ओली–दाहाल र ६ महिनापछि भेट हुन लागेका ओली–नेपालको हाउभाउ उद्घाटन सत्रको रोचक पक्ष हुनेछ।
काठमाडौँ , । आजदेखि नेपाल कांग्रेसको १४ औ महाधिवेशन शुरु हुँदै छ । महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको कांग्रेसले जनाएको छ । कांग्रेसका उद्घाटन सत्रमा रोचक दृश्य देख्न सकिने भएको छ ।
भृकुटीमण्डपको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाललाई वोलाइएको छ । तीनै जनाले उद्घाटन सत्रमा मन्तव्य राख्ने कार्यतालिका रहेको छ ।
रुघाखोकी लागेका ओली पनि उद्घाटन सत्रमा मन्तव्य राख्न आउने भएका छन् । ओलीले उद्घाटन समारोहको लागि आमन्त्रण गर्न गएका प्रकाशशरण महतलाई आफू आउने जानकारी समेत दिएका छन् । त्यसैले कांग्रेस महाधिवेशनको अवसरमा ओली, दाहाल र नेपालबीच भेट हुनेछ।
तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु आन्तरिक किचालोका कारण अहिले तीनवटै पार्टीका अध्यक्ष भएका छन्।
ओली र दाहालबीच गत वर्ष पुस ५ गते संसद विघटन भएपछि भेट भएको छैन भने ओली र नेपालबीच पनि ६ महिनापछि भेट हुन लागेको हो।
११ महिनापछि प्रतिस्पर्धी कांग्रेसको मञ्चमा देखिन लागेका ओली–दाहाल र ६ महिनापछि भेट हुन लागेका ओली–नेपालको हाउभाउ उद्घाटन सत्रको रोचक पक्ष हुनेछ। मञ्चमा उनीहरु कसरी बस्छन । संगै बसे भने वोल्छन कि वोल्दैनन, हात मिलाउँछन कि मिलाउँदैनन भन्ने आमजिज्ञासा मानिसहरुमा रहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९