उनले भने ‘कतिपय साना दलहरुलाई कांग्रेसले औला समाउन दिएन भने कसरी हिडने होला, आफ्नो अवस्था के होला भन्ने चिन्ता छ, सधैभरी गठबन्धन–गठबन्धन भन्ने नारा सुन्छु,।’
काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै उनले भने ‘कतिपय साना दलहरुलाई कांग्रेसले औला समाउन दिएन भने कसरी हिडने होला, आफ्नो अवस्था के होला भन्ने चिन्ता छ, सधैभरी गठबन्धन–गठबन्धन भन्ने नारा सुन्छु, ।’
‘नेपाल जहाँ थियो, त्यही छैन, जहाँ थियो त्यही छ भन्ने कुरा गलत हो । राणा शासन फाल्ने, राजतन्त्र फाल्ने देखि संघीय लोकतान्त्रिक गणतन्त्रलाइृ स्थापित गर्ने सम्मको महत्वपुर्ण अभिभारा राजनीतिक दलहरुले लिएको छ । त्यस्मा पनि कांग्रेस र एमाले जस्ता प्रमुख र महत्वपुर्ण पार्टीहरुले भुमिका लिएका छन,’ ओलीले भने ।
ओलीले मुुलुकको समृद्धिका लागि एमाले सदैव् साथमा रहने र सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९