कांग्रेसको महाधिवेशन मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली-प्रचण्डको संवादसम्म

कांग्रेसको महाधिवेशन मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली-प्रचण्डको संवादसम्म

फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो।


कांग्रेसको महाधिवेशन मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली-प्रचण्डको संवादसम्म

 

काठमाडौँ । फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो। सन्दर्भ थियो, १४ औं महाधिवेशनको उद्घाटन सत्र।

काठमाडौंमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रूपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आ(आफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन्।

त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रूपान्तरणस् सफल बनाऔं नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ। हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन सत्रमा।

राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसंग पनि कांग्रेस महाधिवेशन उद्घाटन सत्रको अर्को आकर्षणको पाटो बन्यो।

पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले पनि कांग्रेसले नेपालका सबै जसो राजनीतिक दलसँग सहकार्य गरेको छ।

प्रजातान्त्रिक समाजवादको नारामा कांग्रेसले विसं २००७ को आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक नेतृत्व गरेको तथ्य स्पष्ट नै छ। त्यसकारण पनि कांग्रेसको मञ्च अन्य राजनीतिक दलका लागि साझाजस्तै बन्न पुगेको छ।

उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति, उनीहरूका धारणासँगै देशको पछिल्लो परिस्थितिले पनि पुनः सहमति, सहकार्य र एकताको विकल्प नभएकामा मतैक्य देखिन्थ्यो।

झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपा  पूर्ववत् पार्टीका रूपमा विभक्त भएपछि बदलिएको राजनीतिक परिस्थितिले कांग्रेसलाई पुनः देशको नेतृत्व गर्ने स्थानमा पुर्‍याइदिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईरदुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख पाँच राजनीतिक दलले गठबन्धन गरेर सहकार्यको संस्कृतिलाई अगाडि बढाएको सन्दर्भ पनि कांग्रेस महाधिवेशनमा मुखरित भएको छ।

लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा ९एमाले०का अध्यक्ष ओली, नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवेशनमा देखियो।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गरेको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो।पटकपटक राजनीतिक परिवर्तन नभए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा ९माले०का महासचिव सिपी मैनालीले यर्थाथता पेश गरे।

महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गरे। उनले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राखेका थिए।

लिङ्देनको तर्कप्रति तीन पूर्वप्रधानमन्त्रीले आपत्ति जनाए । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गरे।

ओलीले भने, ुनागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ रु यस्ता कुरा बोकेर हिँड्ने रु हुन त भर्खर(भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई रुु, अध्यक्ष ओलीले थप अगाडि भने, ुभर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ। भर्खर भर्खर सभापति भएको रापताप हो। अलिक समयपछि ठिक आउला भन्ने मलाई लाग्छ।ु

लोकतान्त्रिक आन्दोलनमा त्याग र संघर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरंकुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरूद्ध जुध्न आग्रह गरे।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिए। एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको भन्दै भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले आश्चर्य प्रकट गरेका थिए। उनले यसलाई सहकार्यको साझा संस्कृति भन्दै नेपालका राजनीतिक दल र त्यसको नेतृत्वबाट विश्वका राजनीतिक दलले सिक्नुपर्ने धारणा राखेका थिए।

हर्षवर्द्धनको उक्त भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ुहामीले राजनीतिक रूपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौं, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छौं।शुभकामना दिन निम्त्याइएका अन्य राजनीतिक दलका शीर्ष नेतालाई बिदाइ गरेपछि कांग्रेसका पदाधिकारीले पालैपालो सम्बोधन गरेका थिए।

सभापति देउवादेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत दिन आग्रह गरेको दृश्य आफैंमा अर्को रमाइलो थियो।

गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन आफूलाई जिताउन आग्रह गरेका सभापति देउवा र नयाँ नेतृत्वको खोजी जरूरी रहेको धारणा राखेको वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा कांग्रेसको उत्थानका विषयमा साझा मत व्यक्त भएको थियो।

वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिभन्दा कांग्रेस पछाडि पर्नुको कारण खोज्नुपर्नेमा जोड दिँदै सैद्धान्तिक रूपमा अब्बल बन्न सबैको मेहनत जरूरी रहेको बताए।

विभिन्न भेषभूषा, भाषाभाषी सांस्कृतिक प्रस्तुतीले कांग्रेस महाधिवेशन उद्घाटन सत्र आफैंमा ऐतिहासिक बनेको थियो। बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको जगमा उभिएको कांग्रेसले महाधिवेशनबाट नेता मात्रै छान्छ कि नयाँ नीति पनि तय गर्छ भन्ने आम चासो छ।

 


प्रकाशित मिति: शनिबार, २५ मंसिर, २०७८, ०७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९