काँग्रेस महाधिवेशन : आज उम्मेदवार मनोनयन दर्ता

काँग्रेस महाधिवेशन : आज उम्मेदवार मनोनयन दर्ता

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।


काँग्रेस महाधिवेशन : आज उम्मेदवार मनोनयन दर्ता

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वका लागि लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ ।

यस्तै भोलि दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र पर्सी सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संस्थापन र पौडेल कोइराला समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । तर दुवै समूहले उम्मेदवारहरूको टुंगो भने अझै लगाउन सकेका छैनन् । सभापतिमा शेरवहादुर देउवा र अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार दिने घोषणा गरिसकेका छन् । 


प्रकाशित मिति: शनिबार, २५ मंसिर, २०७८, ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९