एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ ।
काठमाडौं, । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठकमा आजबाट सुरु हुँदैछ । बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम हस्पिटालिटीमा बस्दै छ । यसअघि चितवनको सौराहामा निर्वाचित लगतै पहिलो बैठक बसेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज ११ बजेदेखि सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने छ । उनले बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन र स्थायी कमिटीको गठनको कार्यसूचि रहेको बताए ।
यसैगरी केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण रहेका छन ।
यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानलाई पनि बैठकको कार्यसूची बनाइएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९