अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी काम हेर्ने जिम्मा सहित नेताहरुको र शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी हेर्ने गरि कार्यविभाजन गरिएको छ ।
काठमाडौँ , । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी काम हेर्ने जिम्मा सहित नेताहरुको र शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी हेर्ने गरि कार्यविभाजन गरिएको छ ।
पार्टीको महत्वपूर्ण विभाग स्कुल विभागको प्रमुखमा प्रदीप ज्ञवाली, संगठन विभागको प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी दिइएको छ । पहिले प्रचार विभाग प्रमुखको जिम्मेवारी समालेका योगेश भट्टराईलाई स्वास्थ्य विभाग प्रमुख दिइएको छ । यसअघि झलनाथ खनाल पार्टी अध्यक्ष हुँदा भट्टराई स्वास्थ्य विभागको प्रमुख दिइएको थियो ।
नेताहरुको कार्यविभाजन यस प्रकार छ ।
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : संघ, प्रदेश र स्थानीय तह
अष्टलक्ष्मी शाक्य :राजनीतिक समन्वय
रामबहादुर थापा बादल स् राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः संसदीय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
शंकर पोखरेल : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख
खगराज अधिकारी : संगठन विभाग प्रमुख
भीष्म अधिकारी : कार्यालय सचिव
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९