बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनमा अहिलेसम्म चार हजार मत खसेको छ । बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति १० बजेसम्म मतदान हुने छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले मतदान गरिरहेका छन् । मतदान भृकुटीमण्डप र सभा गृहमा हुँदै छ ।
मतदानका लागि तीनवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । १३४ पदका लागि ५४८ जना उम्मेदवार रहेका छन् । मतपत्र लामो रहेकोले एक जनालाई कम्तिमा पनि आधाघण्टा मतदान गर्न समय लाग्ने गर्दछ । महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९