काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको शेरवहादुर देउवा अगाडि रहेका छन् । देउवा डा. शेखर कोइराला, प्रकाशमन सिंह र विमलिन्द्र निधि भन्दा अगाडि रहेका छन् ।
देउवाले अन्य चार जना उम्मेदवार भन्दा बढी मत प्राप्त गरेपनि विधान अनुसार मत ल्याएर विजय भने हुन सक्ने छैन । जसको कारणले पुनः सभापतिमा निर्वाचन हुने निश्चित रहेको छ ।
अहिलेको मतपरिणाम अनुसार अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ ,प्रकाशमान सिंहले ३३५ मत, विमलेन्द्र निधिले २३८ मत र कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन् । ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९