कांग्रेस महाधिवेशन : मतदान अन्तिम चरणमा, मध्यरातीमा नै मतपरिणाम आउने

कांग्रेस महाधिवेशन : मतदान अन्तिम चरणमा, मध्यरातीमा नै मतपरिणाम आउने


 कांग्रेस महाधिवेशन : मतदान अन्तिम चरणमा, मध्यरातीमा नै मतपरिणाम आउने

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत भइरहेको सभापतिको दोस्रो चरणको मतदानमा तीन हजारभन्दा बढीले मतदान गरेका छन् ।  दिउँसो साढेतीन बजेबाट शुरु भएको मतदानमा तीन हजार भन्दा बढीले मतदान गरेको  निर्वाचन समितिले जनाएको छ । निर्वाचन सके लगतै मतगणना हुने छ । राती अबेरभित्रमा मतपरिमाण आइसक्ने समितिले जनाएको छ । 

चार हजार ७४३ जना मतदाता रहेको महाधिवेशनमा पहिलो चरणमा भने चार हजार ६८१ जनाले मतदान गरेका थिए ।

राष्ट्रिय सभागृहमा जारी मतदानका लागि ६ वटा बुथ राखिएको छ । सभापतिका लागि पहिलो चरणमा बढी मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला मैदानमा छन् ।

पहिलो चरणमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको भए पनि कुनै उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत पाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।


प्रकाशित मिति: मंगलबार, २८ मंसिर, २०७८, २१:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९