धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उपसभापतिको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना भइरहेको हो । जारी मतगणनामा सभापतिमा शेरवहादुर देउवा पक्षिय नेताको अग्रता रहेको छ । धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।
पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् । त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । उपसभापतिको सकिएपछि महामन्त्रीको मतगणना हुने छ । आजै राती उपसभापतिको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९