कांग्रेस उपसभापतिमा खड्का र गुरूङ बिजय, गुरूङले दुई मत जिते

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ बिजय, गुरूङले दुई मत जिते

खड्काले दुई हजार १२१ मत र गुरूङले एक हजार ९०८ मत प्राप्त गरि बिजय भएका हुन् ।


कांग्रेस उपसभापतिमा खड्का र गुरूङ बिजय, गुरूङले दुई मत जिते


काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन । आज विहान सम्पन्न मतगणनामा खड्का भारी मतान्तरमा विजयी भएका छन भने गुरूङ दुइ मतको झिनो अन्तरमा विजयी भएका छन । 

खड्काले दुई हजार १२१ मत र गुरूङले एक हजार ९०८ मत प्राप्त गरि बिजय भएका हुन् । गुरूङले विजयकुमार गच्छेदार भन्दा दुई मत बढी पाएर बिजय भएका हुन् । गच्छेदारले एक हजार ९०६ मत प्राप्त गरेका थिए ।

यस्तै उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले एक हजार ५८०, सुजता कोइरालाले ७४४, महेश आचार्यले ५८९ र दिब्यश्वरीले १३२ मत प्राप्त गरेको निर्वाचन समितिका सिताराम केसीले जानकारी दिए ।

बिजय हुने खड्का शेरबहादुर देउवा प्यानल र गुरूङ शेखर कोइराला प्यानलका हुन् । कांग्रेसको नयाँ नेतृत्वका लागि प्यानल नै बनाएर चुनावि प्रतिस्पर्धामा भएको थियो । आज महामन्त्रीको मतगणना हुने छ । 


प्रकाशित मिति: बिहिबार, १ पुस, २०७८, ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९