कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना हुँदै

कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना हुँदै

दुई सिटका लागि महामन्त्रीमा डा.प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र डा. राजाराम गौतम प्रतिस्पर्धामा रहेका छन् ।


कांग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्री पदको मतगणना हुने भएको छ। पार्टी कार्यालय सानेपामा अहिले विहानदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डाा.शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्। महामन्त्रीका कांग्रेसका युवा नेता उम्मेदवार रहेकोले चासोका  साथ हेरिएको छ ।

थापा, शर्मा र पौडेल नेपाल विद्यार्थी संघबाट आएका युवा नेता हुन् । आजै दिउँसोसम्ममा मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।


प्रकाशित मिति: बिहिबार, १ पुस, २०७८, ०८:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९