डीनाले २५३३ मत, आङ्देम्बेले २७११ मत र परियारले २२१२ मत ल्याई बिजय भएका छन् ।
काठमाडौँ , । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।
उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा.शेखर कोइराला समूहका हुन् । निर्वाचन समितिका अनुसार डीनाले २५३३ मत प्राप्त गरेर बिजय भएकी हुन भने उनकी प्रतिद्धन्द्धि कमला पन्तले २१०५ मत प्राप्त गरेकी छन् ।
यस्तै आङ्देम्बेले २७११ मत प्राप्त गर्दै बिजय हुँदा उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत पाएका छन् । परियारले २२१२ मत पाउँदा मानबहादुर विश्वकर्मा २१७५ मत ल्याएका छन् ।
८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना आज विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ । कांंग्रेस महाधिवेशनले १३४ कार्यसमितिका लागि गत मंसिर २७ गते निर्वाचन गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९