उद्योगमन्त्री भण्डारीको एक महिना : रोकिएका अधिकांश काम कार्यान्वयन

उद्योगमन्त्री भण्डारीको एक महिना : रोकिएका अधिकांश काम कार्यान्वयन


उद्योगमन्त्री भण्डारीको एक महिना : रोकिएका अधिकांश काम कार्यान्वयन

काठमाडौँ ।  दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार १ महिना पुरा भएको छ । 

माघ ३ गते पदबहाली गरेसंगै मन्त्री भण्डारीले मन्त्रालयमा आयोजीत स्वागत कार्यक्रमको सम्बोधन गर्दै केहि प्रतिवद्धताहरु गरेका थिए ।

अहिले उक्त प्रतिवद्धता अनुसारका केहि काम अगाडि बढेका छन् ।  

मन्त्री भण्डारीले पद बहाली गरेकै दिन प्रतिवद्धताहरु सार्वजनिक गर्दै मातहतका निकायलाई निर्देशन दिएका थिए ।

बढ्दो व्यापार घाटा न्यूनिकरण, पेट्रोलियम पदार्थको सहज आपुर्ति, खाद्यान्न आपुर्ति सहजताको लागि मन्त्रालयका सबै अङ्ग तथा साधन स्रोतको परिचालन,“कोहि भोकै नपरोस भोकले कोहि नमरोस्” भन्ने नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने उनको प्रतिवद्धता थियो ।

रुग्ण उद्योगहरुको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने, रुग्ण उद्योगहरुको सञ्चालनमा विशेष जोड दिने, समस्याहरुको गीत गाउनुुभन्दा समाधानका ढोका खोल्न जरुरी रहेको, धेरै प्रश्न उठ्ने आपुर्ति व्यवस्थापनलाई सहज बनाउने, उपलब्ध स्रोत र सम्भावनाहरुलाई उजागर गर्दै सरकारको २१ बुँदे साँझा कार्यक्रमलाई सफल पार्न सबै पक्ष प्रतिवद्ध रहनुपर्ने बताएका थिए ।

व्यक्तिगत समय नभनी मन्त्रालयको काममा खटिएर सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुले समेत आत्मगौरव प्राप्त हुनेगरी कार्य विवरण अनुसार दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । 

यसैगरी विगतमा उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सुरुवात गरेका राम्रा कामहरुको निरन्तरता, निर्णय तथा कार्य प्रक्रियामा पूर्ण पारदर्शिता र आवश्यकता अनुसार विज्ञहरुको यथेष्ट सल्लाह सुझाव सहित मन्त्रालयको काम अगाडी बढाउने वचनवद्धता समेत व्यक्त गरेका थिए ।  
सोहि प्रतिवद्धताका आधारमा मन्त्री भण्डारीले यस अवधीमा १दर्जन बढी महत्वपुर्ण कामहरुको थालनी गरेका छन् ।

मन्त्रालयबाट पेट्रोलियम अन्वेशणको कार्य अघि बढाइएकोमा मन्त्री परिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तीको निर्णय पारीत भएको छ ।

पेट्रोलियम विद्येयकको मस्यौदामा अर्थ मन्त्रालय र कानून मन्त्रालयको सहमतीको लागि अगाडी बढाइएको छ । 
१३ माघमा कञ्चनपुरस्थित दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रकृया अगाडी बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदुत नवीन श्रीवास्तवसंग दुई पक्षीय सहमतीका लागि छलफल गर्नुभएको छ भने, प्रधानमन्त्री प्रचण्ड र मन्त्री भण्डारी सम्बन्धीत क्षेत्रमा पुगेर ३बर्ष भित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिवद्धता गरेकाछन् ।

यो संगै कोभिड १९ रोगका कारण समयमै निर्माण हुन नसकेको रसुवा स्थीत टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ । 

जौवादी फलाम उद्योग लगायत अन्य ३वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि ९करोड ६७ लाख रकमान्तर गरि निकासा समेत गरिएको छ । मन्त्रालय अन्तरगत २० ओटा औद्यौगीक ग्रामका लागि थप रकम निकासा भएको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधी लिमिटेडमा महाप्रवन्धक नियुक्तिको प्रकृयामा रहेको छ । 

भारतबाट पैठारी हुने गहुँ र चिनीको निर्यात सम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीहरुलाई १०हजार ६सय ३६मेट्रिक टन चिनी आयात गर्न पहल भएको छ ।

जस अन्तरगत आन्तरीक वितरणको व्यवस्था गर्नेगरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमती दिइएको छ । 
यस्तै २९ माघमा नेपाल–भुटान ५औँ दुई पक्षीय सहसचीव स्तरीय व्यापार वार्ताका लागि वार्ता टोली पठाइसकेको छ । 

मन्त्री भण्डारीले मन्त्रालय सम्हाले पश्चात विगतमा रोक्का भएका करिब १ दर्जन महत्वपूर्ण कामहरु प्रक्रियामा रहेका छन् । 
उनले काठमाडौँ बाहिरको पहिलो भ्रमण कपिलवस्तु जिल्लाबाट गरेका थिए ।

उनि आफ्नो गृह प्रदेश सुदुरपश्चिममा भने २ पटक पुगेका छन् । धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयकोसहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामाकरण भई कार्यान्वयन प्रकृयामा जाने भएको छ ।

उक्त विश्वविद्यालय संचालनका लागि मन्त्री भण्डारी र नेकपा एमाले पार्टी सचीव लेखराज भट्टले विगतदेखि पहल गरेका थिए । 

मन्त्री भण्डारीसंग हालसम्म तीन देशका राजदूतहरुले भेट गरेका छन् । भेटका क्रममा केहि महत्वपूर्ण बिषयहरुमा छलफल भएको छ ।  

माघ ६ :  भारतीय राजदूत नविन श्रीवास्तव संगको भेट 

मन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच मन्त्रालयमै शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटमा मन्त्री भण्डारीले दुई मुलुकको सीमा क्षेत्रमा रहेका निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए ।

नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने उल्लेख गरे भने दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा राजदूत श्रीवास्तवको जोड रहेको छ । 

उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । साथै भेटका क्रममा दुई देशबीचको आयात निर्यातलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको हो ।

माघ १७ : मन्त्री भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीचको शिष्टाचार भेट

भेटका क्रममा मन्त्री भण्डारीद्वारा राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराइएको छ ।

नेपाल र चीनको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको छ ।

नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल भयो ।

नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा राजदूत सोङसँग आग्रह गरे ।
राजदूत सोङले  उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए ।

दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन भूमिका खेल्ने राजदुत सोङको भनाई थियो ।

माघ २५ :  मन्त्री भण्डारी र कोरियन राजदुत पार्क चोङ सुक बीच भेटवार्ता 

सन् १९७४ मा नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कोरिया सरकारले कोइका मार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । 

मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गरे । 

निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेपाली वस्तु निर्यातमा सघाउन आग्रह गरे ।

राजदूत सुकले इपिएस अन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए ।

उनले मन्त्री भण्डारीलाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र लगानिको वातावरण बनाउन आग्रह गरे ।

कोरियन नागरिकलाई भिसा प्राप्तिमा सहजता प्रदान गरिनुपर्ने उल्लेख गर्दै उनले लगानीकर्ता र तिनको संरक्षणका लागि नेपाल सरकारको सहयोगको अपेक्षा गरे ।

वाणिज्य निति २०७९ माथी सुुझाव माग्ने निर्णय भयो त्यसको प्रगती विवरण निर्देशक समिति वाणिज्य सचिव मधुमरासिनिको संयोजकत्वमा समिति गठन भई कार्य प्रारम्भ भएको छ । 

 


प्रकाशित मिति: शुक्रबार, ५ फागुन, २०७९, १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९