प्रजातन्त्र दिवशको अवसरमा राष्ट्रपति भण्डारीद्वारा ३९५ जना कैदीको कैद मिनाहा

प्रजातन्त्र दिवशको अवसरमा राष्ट्रपति भण्डारीद्वारा ३९५ जना कैदीको कैद मिनाहा


प्रजातन्त्र दिवशको अवसरमा राष्ट्रपति भण्डारीद्वारा ३९५ जना कैदीको कैद मिनाहा

काठमाडौं ।  सरकारले प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैद सजाय तथा जरिवाना मिनाहा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाहा गरेको राष्ट्रप्ति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ ।

त्यस्तै, विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय माफी भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, ६ फागुन, २०७९, ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९