विराटनगर । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।
शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रलाई सिफारिस गरेको हो ।
एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले पार्टीका केन्द्रीय सदस्य प्रसाईको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाही सहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको जानकारी दिए ।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए।
प्रसाईलाई एमालेको पहिलो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । उनी अहिले पार्टीको उद्योग विभाग उपप्रमुख समेत रहेका छन् ।
त्यसपछि उनी पार्टीभित्र विवादमा परेका हुन्। तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो भक्तपुर निवासमा मार्सी चामलको भात खुवाएपछि उनी चर्चामा आएका थिए ।
उनी पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएका थिए । त्यसपछि पार्टी विभाजन भएपछि एमालेमा भएका हुन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९