एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा


एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य  दुर्गा प्रसाईले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  आज   उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाइले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा राजावादी गतिविधि गर्दै आएका थिए। 

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर झापको मेचीपुलबाट महाअभियानको घोषणा गरेपछि त्यस्को एमालेमा ब्यापक विरोध भएको थियो । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाइलाई कारवाही गर्न केन्द्रमा सिफारिस गरेको थियो । 

प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी  गरेका छन् । 

एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट प्रसाई पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका थिए ।

पूर्वराजासँग नजिकिएसँगै प्रसाईको गतिविधिबारे एमालेमा विरोध सुरु भइरहेको थियो । 


प्रकाशित मिति: आइतबार, ७ फागुन, २०७९, १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९