काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आइतबार बेलुका नेताहरु प्रधानमन्त्री निवास पुगेका हुन् । कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन् ।
गत १० पुसमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका दाहाल अहिले राष्ट्रपतिको निर्वाचनसँगै कांग्रेससँगको सहकार्य अघि बढाउन चाहान्छन् ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका हुन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९