राष्ट्रपतिबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

राष्ट्रपतिबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक


राष्ट्रपतिबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

बैठक आज दिउँसो ४ पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

बैठकमा राष्ट्रपति चयनलगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।

हिजो साँझ कांग्रेसका शीर्ष नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा सहयोग मागेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । 

यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यसअघि एमाले र माओवादीबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई विश्वासको मत दिएपछि परिस्थिति बदलिएको हो । 


प्रकाशित मिति: सोमबार, ८ फागुन, २०७९, ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९