काठमाडौँ । नयाँ राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । आइतबार साँझ नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
आज बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पौडेल र लामिछानेले छुट्टाछुट्टै भेटेका हुन् ।
रास्वपाले राष्ट्रपति निर्वाचनबारे भइरहेको पछिल्लो प्रगतिबारे जानकारी लिन प्रधानमन्त्रीलाई भेटेको राविको सचिवालयले जानकारी दिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल निकट स्रोतले आइतबार साँझ कांग्रेस नेताहरूसँग भएको कुराकानीबारे जानकारी लिन र राष्ट्रपति निर्वाचनमा पार्टी र प्रधानमन्त्रीको धारणा के हो भनेर बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पौडेल प्रधानमन्त्रीलाई भेटन गएको हुन् ।
तर, दाहालले भने कुराकानी भए पनि ठोस निष्कर्ष ननिस्किएको अर्थमन्त्री पौडेलसंग बताएका छन् ।
माओवादी पदाधिकारी बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल हुने माओवादीले बताएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९