राष्ट्रपति निर्वाचन : कुन दलको कति मतभार

राष्ट्रपति निर्वाचन : कुन दलको कति मतभार


राष्ट्रपति निर्वाचन : कुन दलको कति मतभार

काठमाडौं ।  नयाँ राष्ट्रपति चयनका लागि ८८१ जना मतदाता रहने भएका छन् ।  निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार आगामी २५ फागुनका लागि तय भएको नयाँ राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका हुन्।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन(२ बाट निर्वाचित रवि लामिछाने पदमुक्त हुनुभएको र  र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा पर्नुभएका कारण उहाँहरुले मतदान गर्न पाउनु हुने छैन । महोत्तरी(१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउनेरनपाउने भन्नेबारे आयोग निर्णयमा पुगिसकेको छैन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुन सक्ने छन्।यसबारे बुधबार आयोगले निर्णय गरेर सार्वजनिक गर्ने  जानकारी दिए ।  

राष्ट्रपति निर्वाचन तालिकाअनुसार आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने छ। त्यसपछि उजुरीमाथि छानबिन ११ र १२ फागुनमा हुनेछ। अन्तिम मतदाता नामावली १२ फागुनमै प्रकाशन गरिनेछ।  

बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता १३ फागुन र २५ फागुनमा निर्वाचन हुनेछ। 

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको एक मत बराबर ७९ मतभार हुनेछ। यस्तो मतभार कुल जनसंख्यालाई कुल संघीय संसद सदस्यले भाग लगाएर निकालिन्छ। निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार भने ४८ छ । प्रदेश सभा सदस्यको मतभार पनि कुल जनसंख्यालाई कुल प्रदेश सभा सदस्य संख्या, ५ सय ५० ले भाग लगाएर निकालिएको हो।

यसपटकको निर्वाचनमा संघीय संसदका सदस्यको कुल मतभार २६ हजार ३०७ छ। प्रदेश सभा सदस्यको मतभार २६ हजार चारसय छ। अर्थात् राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७०७ छ ।

राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३५४ मत ल्याउनुपर्नेछ। 

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग १६ हजार २२१ मतभार छ।  दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २३३ मतभार छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६४९ मत छ भने  नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५७४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग २ हजार ४५० र जनता समाजवादी पार्टी ९जसपा० सँग २ हजार १४५ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५०१ मत छ भने जनमत पार्टीसँग १ हजार २४२ मतभार छ।

अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ। 


प्रकाशित मिति: मंगलबार, ९ फागुन, २०७९, १८:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९