काठमाडौं । नेकपा एमालेले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ।
एमाले सचिव योगेश भट्टराईले एमालेका तर्फबाट नेम्वाङ राष्ट्रपतिको उम्मेदवार उठने निर्णय पार्टीले गरेको जानकारी दिए ।
त्यस्तै एमालेले तत्काल सरकारबाट भने नबाहिरिने निर्णय गरेको छ ।
एमालेले राष्ट्रपतिमा पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर सहमति पालनाको लागि पहल गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।
उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने समेत बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९