दुर्गा प्रसाईंलाई एमालेले केन्द्रीय सदस्यबाट हटायो

दुर्गा प्रसाईंलाई एमालेले केन्द्रीय सदस्यबाट हटायो


दुर्गा प्रसाईंलाई एमालेले केन्द्रीय सदस्यबाट हटायो

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई हटाएको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको १७ औ सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रसाईलाई प्रदेश नं. १ को एमाले प्रदेश कमिटीले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै  पार्टीबाट निकाल्न यहि फागुन ६ गते केन्द्रलाई सिफारिस गरेको हो । 

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए।

कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। 

प्रसाईलाई एमालेको पहिलो केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । उनी अहिले पार्टीको उद्योग विभाग उपप्रमुख समेत हुन् ।


प्रकाशित मिति: शनिबार, १३ फागुन, २०७९, १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९