राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा, को बलियो

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा, को बलियो


राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा, को बलियो

काठमाडौं । राष्ट्रपति चुनवामा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

आज दुबै दलले  राष्ट्रपतिका उम्मेदवार उठाउने निर्णय गरेका हुन् ।

कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका संसदमा प्रतिनिधित्व गर्ने आठ दलले समर्थन गर्ने भनेका 

पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला एमालेले संसदमा प्रतिनिधित्वगर्ने दलमध्येबाट ७ दलको समर्थन रहेको थियो ।

तर पुस २६ मा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने बेला राजनीतिक समिकरण फेरिएको भन्दै माओवादीले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवारलाई साथ दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको दल माओवादी मात्रै होइन, पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्ने बेला तयार भएको ७ दलीय गठबन्धनबाट प्रधानमन्त्रीले माओवादी पार्टीसँगै जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलाई पनि एमालेसँग अलग्गाएर कांग्रेससहितको गठबन्धनमा सँगै लिएर गएका छन् ।

प्रचण्डको यो निर्णयपछि एमालेले अझै राष्ट्रपति चुनावसम्मै पुस १० को सहमति कार्यान्वयनको आग्रह् गदै सरकारबाट नबाहिरिने निर्णयसहित संविधानसभाका अध्यक्ष समेत रहेका सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय लिएको हो ।

तर पनि प्रधानमन्त्री रहेको दल माओवादी, कांग्रेससहितको नयाँ ८ दलीय गठबन्धनसँग राष्टट्रपतिमा चुनाव जित्ने मतभार छ ।

यो गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी छन् ।

यी सबै दलको मत जोडदा राष्ट्रपति चुनावमा कूल ३१ हजार ५१६ मतभार यो गठबन्धनसँग छ । राष्ट्रपति चुनाव जित्न कूलमा २६ हजार ३९४ मत आवश्यक हुन्छ । तर, कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाउन लागेको नयाँ गठबन्धनसँग पाँच हजार १२२ मत भार चुनाव जित्न आवश्यक मत भन्दा बढी छ । राष्ट्रपति चुनावमा कूलमा ५२ हजार ७८६ मतभार छ ।

कांग्रेससँग १६२२१, माओवादीसँग ७७२८, जसपासँग २०९७, एकीकृत समाजवादीसँग २४७८, जनमतसँग १२४२, लोसपासँग ८२७, नागरिक उन्मुक्तिसँग ७६५, राजमोसँग १५८ मतभार राष्ट्रपति चुनावमा छ ।

फागुन २५ सम्म यो गठबन्धन एकढिक्का रहिरहेमा कांग्रेसका उम्मेदवार पौडेलले यी मत पाउनेछन् । र उनी नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

तर एमालेले पुस १० गते अहिले सत्तारुढ दलको सहमति अनुसार नै नेम्वाङ राष्ट्रपतिको उम्मेदवार भएको बताएको छ । एमालेले फागुन २५ गतेसम्म परिस्थिति फेरवदल हुन सक्ने भन्दै  नेम्वाङ चुनाव जिल्ने बताउँदै आएको छ । 


यसबाहेक एमालेसँग १५२८९, रास्वपासँग १५८०, राप्रपासँग २२१०, नेमकिपासँग २२३, हाम्रो नेपालीसँग ९६ र स्वतन्त्रसँग १२८७ मतभार छ । आज राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता हुँदै छ । 


प्रकाशित मिति: शनिबार, १३ फागुन, २०७९, १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९