अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट : मन्त्री शर्मा

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट : मन्त्री शर्मा


अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट : मन्त्री शर्मा

अब सरकारी तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट ः मन्त्री शर्मा 

काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन नेपालभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग आज सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटका क्रममा सरकारका प्रवक्ता शर्माले भनिन् “फरक फरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकोले सरकारले आफ्नै सफ्वेयरबाट गर्ने तयारी गरेको छ ।” 

मन्त्री शर्माले  सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको बताइन्।

अब पोलमा छरिएर रहेका तारहरुलाई व्यवस्थित गर्न एउटै तारबाट लिन मिल्ने गरी कानूनी प्रावधान ल्याइँदै छ, उनले भनिन् “भूकम्प, बाढी र पहिरो जस्ता सङ्कटकालिन अवस्थामा पनि तत्काल सुचारु गर्ने उद्दार टोली बनाउनका लागि कानूनमै व्यवस्था गर्न थालिएको छ ।”

भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जाल (फेसबुक, ट्वयटर, युटुव र  टिकटकलगायत) को नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्रीसमक्ष अनुरोध गर्नुभएको थियो । मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरिन्।


प्रकाशित मिति: आइतबार, १४ फागुन, २०७९, १८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९