काठमाडौँ, । नेकपा (एमाले) सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ ।
सरकारमा सहभागि भएको ६५ दिनमा एमाले बाहिरिएको हो ।
दुई दिन अघि (यहि फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको छ ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस १० गते सरकार गठन गर्दा गरेको सहमति पालना नगरेपछि सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा सरकारमा सहभागि उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्री दाहालले एमाले र पार्टीका तर्फबाट सहभागि मन्त्रीलाई गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्ने नसकिएको बताए ।
“मन्त्रिपरिषद्को निर्णयको आधारमा स्विजरल्याण्डको जेनेभामा हुने संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जान लाग्नु भएका एमालेबाट सरकारमा सहभागि परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम क्षणमा अकारण प्रधानमन्त्रीज्यूले नजान निर्देशन गर्नु भएको छ,” नेता पौडेलले भने “हामीलाई प्रधानमन्त्रीले सरकार छाड्ने वा स्वेच्छाले सरकार नछाडेमा सरकारबाट हटाउने वा विना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति दिइसकेपछि र सार्वजनिक रुपमा एमाले र एमालेको सरकारमा सहभागिताप्रति प्रधानमन्त्रीले टिप्पणी गरेपछि हामी यो सरकारमा रहिरहन उचित हुने देखेनौ ।”
सरकार गठनका लागि पुस १० गते भएको सहमति अनुसार नै प्रधानमन्त्री अगाडि नबढेको आरोप लगाए ।
राष्ट्रपतिको बिषयमा जुन किसिमको सहमति भएको थियो त्यो सहमति प्रधानमन्त्री दाहालले कार्यन्वयन नगरेपछि र प्रधानमन्त्री दाहालले सहमति अनुसार अगाडि बढ्नुको सट्टा सहमति कार्यन्वयन गर्न नसक्ने अभिव्यक्ति दिदै आएको उनको भनाई रहेको थियो ।
“सहमति भन्दा फरक ढंगले अरु दलसंग सहमति कायम गर्दै राष्ट्रपतिको उम्मेदवारमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निष्कर्षमा प्रधानमन्त्री दाहाल पुग्नुभयो, ” उनले भने “राष्ट्रपतिको निर्वाचनका काङ्ग्रेसलाई समर्थन गरेपनि मुलुकको आर्थिक अवस्थालाई हेरेर हामी सरकार रहेर काम गर्ने निर्णय गरेका थियौ । तर ्रधानमन्त्री दाहालले जुन ढंगले एमाले र पाटीका तर्फबाट सहभागि मन्त्रीलाई गरिएको अभिव्यक्ति र व्यवहारले सरकारमा बस्ने नसक्ने भयौ ।”
सरकार गठन सत्ता पदको बाँडफाँड मात्र नभई राष्ट्रिय अभिभारा समेत रहेकोले राष्ट्रमा रहेको सामाजिक, राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा गर्नका लागि वर्तमान सरकारमा सहभागि भएको उनको भनाई रहेको थियो ।
सरकारलाई सफल बनाउनका लागि सरकारको नीतिगत प्रथामिकता र न्यूनतम कार्यक्रम सत्तारुढ दलकै सहमतिमा सार्वजनिक गरेका उल्ल्ोख गर्दै उनले भने, “ सरकारले त्यसलाई आफ्नो नीति तथा कार्यक्रमलाई ग्रहण गरेर अगाडि बढाएको थियो । हामी चाहान्थ्यो । त्यो नीतिगत प्राथमिकता प्रभावकारी रुपमा कार्यान्वयन होस् । र सरकार गठनका निम्ति खासगरि पुस १० गते जुन प्रकारको सहमति भएको थियो । त्यही सहमति अनुसार नै प्रधानमन्त्री अगाडि बढ्नहुुन्छ भन्ने हामीलाई लागको थियो । तर घटनाक्रमहरु त्यस अनुसार अगाडि बढेनन ।”
गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागि रहेको थियो । एमालेबाट आठ जना मन्त्रिपरिषद्मा सहभागि थिए ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री दाहाललाई राजीनामा बुझाइसकेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९