प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’

प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’


प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’

काठमाडौँ, । विराटनगर(प्रदेश नं १ को नाम कोशी हुने भएको छ ।

आज बस्ने प्रदेशसभाको बैठकले कोशी नामलाई अन्तिम रूप दिने गरी दलहरू सहमत भएका छन् ।

स्थापनाको सात वर्षपछि प्रदेश नं १ को नामकरण आज हुने भएको छ । अघिल्लै प्रदेशसभा कालमा छ वटा प्रदेशको नामाकरण भएपनि प्रदेश नं १ को नाममा सहमति हुन सकेको थिएन ।

मुख्यमन्त्री हिकमत कुमार कार्कीले प्रदेशको नामाकरणको विषयमा आज प्रदेशसभामा छलफल हुने बताए। कार्कीले प्रदेशको नाम भने खुलाउनु भएन । ‘हामी सहमतिको नजिक छौँ ।सम्भवतः आज रातीसम्म बैठक गरेर भएपनि नामाकरण गर्छौं’ कार्कीले भने ।

कोशी नाममा माओवादी समेत सहमत भएको नेताहरूले बताएका छन् । आफूहरूले लामो समय देखि पहिचानको नाममा अडान लिए पनि निर्वाचनको जनमत त्यसतर्फ नगएको निष्कर्ष सहित माओवादी जातीय पहिचानको नामबाट पछि हट्न तयार भएको हो ।

नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले चाहिँ ‘कोशी किरात’नाम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गर्नु भएको स्रोतले बतायो । कोशी र कोशी किरातमा केहीबेर छलफल गर्ने तर मतदान गर्ने स्थिति आएमा कोशीमा नै मतदान गर्न माओवादीका नेताहरु सहमत भएका छन् ।


प्रकाशित मिति: बुधबार, १७ फागुन, २०७९, ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९