काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय आलोक नगरमा बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
बैठकमा फेरिएको गठबन्धन, राष्ट्रपति निर्वाचन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
अध्यक्ष माधव नेपालले एकलौटी रूपमा राष्ट्रपति कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव बसेको विषयमा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले असन्तुष्टि पोखेका छन्।
यहि फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले(बाट सुवासचन्द नेम्बाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडैल उम्मेदवार बनेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९