काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
वडा, क्षेत्र, प्रदेशका साथै सबै जनवर्गीय सङ्गठनको अधिवेशन आगामी जेठभित्र सम्पन्न गरी निर्धारित समसयमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको बैठकले सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग, सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९