काग्रेसले राष्ट्रपतिको निर्वाचनमा यी पदाधिकारीलाई खटायो

काग्रेसले राष्ट्रपतिको निर्वाचनमा यी पदाधिकारीलाई खटायो


काग्रेसले राष्ट्रपतिको निर्वाचनमा यी पदाधिकारीलाई खटायो

काठमाडौँ । राष्ट्रपति चुनावको लागि नेपाली कांग्रेसले पदाधिकारीहरूलाई खटाएको छ।

चुनावको  प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्नका लागि कांग्रेसले सातवटै प्रदेशमा पार्टीका पदाधिकारीलाई खटाएको हो । 

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको हो।

कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि कांग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्ने छ । 

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

कांग्रेसले रामचन्द्र पौडेल र एमालेले सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।  राष्ट्रपति चुनावमा संघीय संसद र प्रदेश सभा सदस्य मतदाता हुन्छन्।


प्रकाशित मिति: बिहिबार, १८ फागुन, २०७९, ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९