काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र सार्वजनिक गरेको छ ।
राष्ट्रपति निर्वाचनका लागि संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ ।
रातो मतपत्र संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । दुवैले संघीय सांसद र प्रदेश सांंसदसंग मत मागिरहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९