सुदूरपश्‍चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्‍चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने


सुदूरपश्‍चिमका मुख्यमन्त्री शाहले आज  विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

तर, सत्तारुढ माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमा मत नदिने अडान राखेका छन् । त्यसले उनको सरकार पनि बनेको एक महिना नपुग्दै ढल्ने त होइन भन्ने आशंका उब्जिएका छन् ।

प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

मुख्यमन्त्री शाहले दलीय सहमति जुटाउने प्रयास जारी राखेका छन् । आवश्यक परेमा आजै सर्वदलीय बैठकसमेत बसाल्ने शाहको तयारी छ । मुख्यमन्त्रीका स्वकीय सचिव धिरेन्द्र शाहीले विश्वासको मतका लागि दलहरुसँग विभिन्न ढंगले छलफल चलिरहेको र आवश्यक परेमा आजै सबै दलको औपचारिक बैठकसमेत बस्न सक्ने बताए ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नएभको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय माओवादी संसदीय दलले गरेको छ । त्यसको जानकारी मुख्यमन्त्री शाहलाई माओवादी संसदीय दलका नेता खगराज भट्टले शनिबारै गराइसकेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जाल फेसबुकमा दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत दिन नसक्ने उल्लेख गरेकी छन् ।

सुदूरपश्चिम प्रदेश सभा सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको जानकारी दिए ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएर सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।


प्रकाशित मिति: आइतबार, २१ फागुन, २०७९, ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९