काठमाडौँ, । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले एमाले र नेपाली कांग्रेस मिलेर राष्ट्रलाई संकटबाट जोगाउनुपर्ने बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमा मंसीर ४ को निर्वाचनको परिणाम र संविधानको प्रावधानलाई आधार बनाएर एमाले र कांग्रेसले मिलेर सरकार संचालन गर्नुपर्ने बताए ।
“निर्वाचनको परिणामले जनमत अनुसार ठूलो दल एमाले बन्यो । संसदको ठूलो दल नेपाली काँग्रेस बन्यो । एउटै दल वहुमत प्राप्त हुन सकेन । यसको अर्थ मिलेर हिड्नु पर्ने जनादेश हो,” उनले लेखेका छन्“ नेकपा एमाले र नेपाली काङ्ग्रेसले मिलेर देश चलाउनु पर्ने जनादेश हो । यि दलहरु मिल्दा सरकार पनि सहजरुपमा बन्न सक्दछ ।”
एमाले नेता भट्टराईले पद, पैसा र स्वार्थको लागि च्यॉखे थापेर बॉच्ने अवसरवादी राजनीतिको पनि अन्त्य हुने र यसले नै राजनीतिक स्थायित्व र स्थिरता पनि दिन सकिने बताए ।
उनले मिल्ने आधारको रुपमा संसदको ठूलो दल हुनुको नाताले काँग्रेसको नेतृत्वमा सरकार र जनमतको ठूलो दल हुनुको नाताले राष्ट्रपति एमालेको हुनुपर्ने समेत बताए ।
“च्याखे दाउ थापेर सरकारको नेतृत्व गर्ने र देशलाई वर्वाद पार्ने तरिकाबाट अब राजनीतिलाई जोगाउनुपर्दछ । विलम्ब गर्ने समय छैन । अनेकौ प्रयोगतिर पनि नलागौ । आफ्नो स्वार्थको रोटी सेक्नेतिर पनि नलागौ,” उनले अगाडि भनेका छन् ।
उनले अर्थतन्त्र र राजनीतिमा समस्याहरुको चाङ रहेको उल्लेख गर्दै यसको गहिरो असर समाजका अरु क्षेत्रमा पनि पर्ने र यसको समाधानको निम्ति सबैभन्दा पहिला राजनीति सुध्रिनु पर्ने बताए ।
.
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९