आज सुखानी दिवस

आज सुखानी दिवस


आज सुखानी दिवस

काठमाडौं । नेकपा एमालेले आज सुखानी दिवश पार्टी केन्द्रीय कार्यलयमा मनाउने भएको छ ।

पञ्चयाती व्यवस्था अन्त्य र जनअधिकारको पुनर्वहालीको अभियान सञ्चालन गरिरहेका बेला २०२९ सालमा पक्राउ परेका पाँचजना योद्धाहरुलाई फागुन २९ गते झापाको सुखानीमा गोली हानेर हत्या गरेको दिनको सम्झनामा सुखानी दिवश मनाइदै आइएको छ ।

रामनाथ दाहाल,नेत्र घिमिरे,नारायण श्रेष्ठ,वीरेन राजवंसी र कृष्ण कुंइकेललाई झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानमा हालको अर्जुनधारा नगरपालिका र इलामको माइजोगमाइ नगरपालिका बीचको सुखानी जंगलमा लगेर हत्या गरिएको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यसबेला त्यही आन्दोलनमा थिए ।

उनलाई पक्राउ गर्न खोजेपनि उहाँ प्रहरीबाट छलिएर जोगिएका थिए  ।

उनीहरुलाई हत्या गरेको अर्को वर्ष २०३० सालमा उनी पक्राउ परेर १४ वर्ष पञ्चायती सरकारले जेलमा राखेको थियो ।

सुखानी दिवशका अवसरमा आज एक बजे पार्टी केन्द्रीय कार्यलयमा स्मृति सभा आयोजना गरिएको केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

सुखानीका पाँचजना नेताहरुलाई केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला राज्यका तर्फबाट सहिद घोषणा गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, २१ फागुन, २०७९, ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९