प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदै छ : बाबुराम भट्टराई

प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदै छ : बाबुराम भट्टराई


प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदै छ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री रहेको भट्टराईले आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकैपटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ, त्यसपछि मिल्न सक्नेहरू एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ, अहिले यत्रो आक्रमण भइरहेको छ, माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ?,’ उनले भने, ‘यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि, हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ ? किन सडकमा निस्किन सक्दैनौँ ? यस्ता मुद्दामा कार्यगत एकता गरौँ, त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्न सक्छौँ, त्यसले परिवर्तन ल्याउँछ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानु पर्ने बेला आएको बताए । उनले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरीहरू महशुस गरेर अघि बढ्नु देश र जनताका लागि कल्याणकारी हुने बताए ।


प्रकाशित मिति: आइतबार, २१ फागुन, २०७९, १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९