लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली

लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली


लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताएका छन् ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै उहाँले यस्तो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष ओलीले प्रशिक्षण दिएका थिए । 

अध्यक्ष ओलीले भने ‘नेकपा माओवादी केन्द्र एकजना नेताको बन्दी बनेको । बलिदान गरेका नेताहरु त्यहाँ छन् ।उनीहरुलाई पनि त्यसठाऊँबाट मुक्त हुन आग्रह गरदै सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न आग्रह गर्दछु ।’


प्रकाशित मिति: सोमबार, २२ फागुन, २०७९, १६:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९