काठमाडौँ,। स्ववियु निर्वाचनको चहलपहल बढेको छ । अहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा चहलपहल बढेको छ ।
विद्यार्थी संघसंगठनले दर्ता गरेपछि चहलपहल शुरु भएको हो । अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउँदै छ ।
प्रत्येक क्याम्पसबाट अनेरास्ववियुको क्याम्पस कमिटीले तीन जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।
शंकरदेव क्याम्पसमा स्ववियु सभापतिको बारेमा मुना तिवारीको नामसंगै बालकृष्ण खड्का र दिलिप बोहराको नाम सिफारिस गरेको छ ।
तीन जनामध्ये मुना तिवारीको सम्भावना बलियो रहेको छ । तिवारी अखिलको पूर्व केन्द्रीय सदस्य हुन् । तिवारीले आफू विद्यार्थी आन्दोलनका बारेमा राम्रोसंग बुझेकोले स्ववियु चलाउने बताइन ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९