प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट दर्ता


प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

प्रचण्ड विरूद्धको सर्वोच्च अदालत नेपाली कांग्रेसका नेता जितेन्द्र मोक्तान,ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले रिट दर्ता गरेका हुन् । 

दर्ता भएको रिटको शुक्रबारलाई पेसी तोकिएको छ। मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् । 

सर्वोच्च प्रशासनले प्रचण्ड विरुद्धको रिटलाई ०७९ Wo-९४७ नम्बरमा दर्ता गरेको हो। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो। ​उनीहरूले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन माग गर्दै रिट दिन लाग्नुभएको छ । ०७६ माघ १ गते प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिने घोषणा गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, २३ फागुन, २०७९, १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९