काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने भएको छ ।
राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय राप्रपाले गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उनले भने ।
राप्रपा केन्द्रिय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि उक्त निर्णय आएको हो ।
राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेको छ ।
राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
राप्रपाको दुई हजार २१० मतभार थियो । वर्तमान सत्ता गठबन्धन भन्दा बाहिर रहेको र एमालेसँग नजिक रहेको राप्रपाको यस्तो निर्णयले एमालेका उम्मेदवार नेम्वाङलाई थप अप्ठ्यारो पारेको छ । एमालेले राप्रपाले आफना उम्मेदवारलाई मतदान गर्ने अपेक्षा गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९