काठमाडौं । १० वर्षे जनयुद्ध गरेर विभाजित माओवादी धारका पार्टीहरूले आज संयुक्त कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेर संयुक्त कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध शान्ति प्रक्रियाअन्तर्गत टुंग्गो लगाउनु पर्ने मुद्धा नियमित अदालतमा दर्ता गरेपछि त्यसविरुद्ध माओवादी धारका पार्टीहरूले संयुक्त कार्यक्रम घोषणा गर्न लागेका हुन् ।
प्रक्रियाअन्तर्गत टुंग्गो लगाउनु पर्ने बाँकी काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगबाट गर्नुपर्नेमा ती मुद्धा पनि नियमित अदालतमा दर्ता हुन लागेपछि त्यसविरुद्ध माओवादी धारका पार्टीहरू एक भएर दबाब दिन थालेका हुन् ।
यसअघि माओवादी धारका पार्टीहरूको बैठक मंगलबार बसेको थियो । बैठकमा शान्ति सम्झौताविरुद्धका गतिविधिको संयुक्त प्रतिवाद गर्ने साझा निष्कर्ष निकालेका थिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नकेपा माओवादी समाजवादी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपालगायतका पार्टीका नेताहरू बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९