राजनीतिक दस्तावेजले पार्टीको क्रान्तिकारी दिशामा लगेको : प्रचण्ड

राजनीतिक दस्तावेजले पार्टीको क्रान्तिकारी दिशामा लगेको : प्रचण्ड

उनले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखे ।


राजनीतिक दस्तावेजले पार्टीको क्रान्तिकारी दिशामा लगेको : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ को राजनीतिक दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको बताएका छन् । 

पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा आज उनले दस्तावेजले पार्टीलाई क्रान्तिकारी दिशामा लगेको बताएका हुन् । 

राजनीतिक दस्तावेजले विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको निष्कर्ष निकालेको भन्दै उनले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखे । 

जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पुरक प्रस्तावलाई पनि स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य  लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको बताएका थिए । 

उनले  २४ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षको दस्तावेज आवश्यक परिमार्जन गर्ने समेत बताए । दस्तावेज आजै बन्दसत्रले पारित गरेको छ । 
शुक्रबार अपरान्ह १ बजेदेखि ५ बजेसम्म चलेको बन्द सत्रमा भएको थियो । बन्द सत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख . टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख  पेशल खतिवडाले आयोगका प्रतिवेदन प्रस्तुत गरेका थिए । 


भोलि विहान ११ बजेदेखि शुरु हने बन्द सत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम रहेको छ । भोलि जवाफको दिइसकेपछि माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गर्ने छ । 


प्रकाशित मिति: शुक्रबार, १६ पुस, २०७८, २१:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९