काठमाडौं । उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।
शनिबार नै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ।
शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिने निर्वाचन आयोगले जनाएको छ। आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
यसअघि राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उपराष्ट्रपतिका लागि भने अहिलेसम्म दलहरूले उम्मेदवार टुंगो लगाएका छैनन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९