आज माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन

आज माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन


आज माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । सशस्त्र युद्ध कालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियाबाट सम्बोधन गर्न थालेको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू सो पत्रकार सम्मेलनमा उपस्थित रहने छन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।   

सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजिनक गरिसकेको छ । माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि‍ सर्वोच्चको पछिल्लो निर्णयप्रति असहमति जाहेर गरेका छन् ।

माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रबार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिइसकेको छ । सर्वोच्च अदालतले दिएको आदेशको पर्सीपल्ट अर्थात २८ फागुनमा माओवादी घटकले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

यसअघि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई  प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएपछि माओवादी वृत तरङ्गित छाएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन, सत्य के हो, मलाई भन्न दिनुस्, हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्, मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

तीन वर्षअघिको सो अभिव्यक्तिलाई लिएर माओवादी पीडितसमेत रहेका अधिवक्ता आनन्द आरणलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । जुन मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिइसकेको छ ।


प्रकाशित मिति: आइतबार, २८ फागुन, २०७९, ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९