काठमाडौं । उपराष्ट्रपति पदका लागि उमेदवारी दिएका चारजनाकै उमेदवारी कायम राखेको छ। उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो ।
उपराष्ट्रपतिमा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिनुभएको छ ।
त्यसैगरी जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गर्नुभएको छ ।
आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । जसमा शनिबार उम्मेदवारी दिएका चारैजना अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९