काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्ने भएकी छन्। राष्ट्रपति भण्डारीको सचिवालयका अनुसार नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी आफ्नो निजी निवास सर्नेछिन् ।
राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेभित्र शीतल निवास छाड्ने सचिवालयले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ दिउँसो १ बजे रहेको छ ।
संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था भएपनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नभएकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।
पौडेल फागुन २५ गते भएको निर्वाचनमा एमालेका सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९