आङ्गिक क्याम्पसमा मुना तिवारी एक्लो महिला सभापति उम्मेदवार

आङ्गिक क्याम्पसमा मुना तिवारी एक्लो महिला सभापति उम्मेदवार


आङ्गिक क्याम्पसमा मुना तिवारी एक्लो महिला सभापति उम्मेदवार

काठमाडौँ, । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उम्मेदवारी मनोनयन सकिएको छ ।

केही क्याम्पस वाहेक सवै क्याम्पसमा विद्यार्थी सङ्गठनले उम्मेदवार मनोनयन गराएका छन् । 

सत्तारुढ दलका विद्यार्थी सङ्गठनले तालमेल गरेपछि अनेरास्ववियुले देशभरिका सवै क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । उपत्यकाका सवै आङ्गिक क्याम्पसमा अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएको हो । 

अखिलले त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पस, अमृत साइन्स क्याम्पस लगायतमा सवै क्याम्पसमा उम्मेदवारी दर्ता गराएका छन् । 

उपत्यकाका २२ आङ्गिक क्याम्पसमध्ये अनेरास्ववियुले एक जना महिला नेतृलाई मात्र स्ववियु सभापतिमा उम्मेदवार बनाएको छ । अनेरास्ववियुले शंकरदेव क्याम्पसमा मुना तिवारीलाई उम्मेदवार बनाएको हो । त्यसो त यस्तै पद्मकन्या क्याम्पसमा पनि महिला नेतृ सुनैना श्रेष्ठ उम्मेदवार बनेकी छन् । पद्मकन्या क्याम्पस भने छात्रा क्याम्पस हो । 

अखिलकी पूर्व केन्द्रीय सदस्य समेत रहेकी तिवारी  विद्यालय तहदेखि नै राजनीतिमा होमिएकी हुन । 

विद्यार्थी माझ निकै लोकप्रिय छवि रहेका कारण अनेरास्ववियुले तिवारीलाई उम्मेदवार बनाएको हो । “मेरो संगठनप्रतिको लगाव र जित्ने आधारले नै म सभापतिमा उम्मेदवार बनेको हँु,” उनी भन्छिन–“ वास्तविक विद्यार्थीको प्रतिनिधित्व मैले गरेको हुनाले म चुनावीमा जित्छु ।” 
उनी शंकरदेव क्याम्पसबाट निर्वाचित भएर इतिहास बनाउन लागिपरेकी छन् । 

 
विद्यार्थीको मन जितेर जसरी पनि शंकरदेवमा अखिलको झण्डा फहराउने इच्छा रहेको बताइन् । “मलाई योपटक सचेत विद्यार्थीले मत दिनुहुनेछ । किनकी मैले लामो समयसम्म विद्यार्थी आन्दोलनमा जीवन व्यतित गरेको छु” उनले भनिन्, “त्यतिमात्रै होइन, म शंकरदेवमा नयाँ इतिहास कायम गर्दै क्याम्पसको मुहार बदल्नुपर्छ भनेर लागेकी छु ।”


प्रकाशित मिति: सोमबार, २९ फागुन, २०७९, १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९