प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमण भारत गर्ने तयारीमा

प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमण भारत गर्ने तयारीमा


प्रधानमन्त्री दाहाल पहिलो विदेश भ्रमण भारत गर्ने तयारीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  भारत, चीन र अमेरिकाबाट निम्तो आएको छ । 

प्रधानमन्त्री प्रचण्डलाई पहिलो भ्रमण आफनो देशबाट गराउन तीनै देश लागिपरेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने भारतबाटै आफनो पहिलो विदेश भ्रमण गर्ने तयारी गरेका छन् ।

त्यसका लागि उनले चैत अन्तिम साता भारत भ्रमण गर्ने गरी गृहकार्य अगाडि बढाइको बताएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई चैत १५ र १६  अमेरिकाले आयोजना गर्न लागेको डेमोक्रेसी समिट का लागि राष्ट्रपति जो वाइडेनको निम्तो छ ।

त्यस्तै चीनको हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने ‘बोआओ फोरम फर एसिया’ का लािग पनि निम्तो छ । चिनियाँ राजदूत छन सोङले फागुन १० मै प्रधानमन्त्री प्रचण्डलाई भेटेर यो कार्यक्रमको निम्तो गरिसकेका छन् ।

भरतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका क्रममा पनि प्रचण्डलाई भारत भ्रमणको मौखिक निम्तो आएको छ । यधपी लिखित निम्तो भारतको प्रधानमन्त्रीलाई आईसकेको छैन ।

तर प्रधानमन्त्री प्रचण्ड यी तीन देशबाट आएको निम्तो मध्ये पहिलो भारतको निम्तो स्वीकार गर्ने र त्यसपछि चीन जाने तयारीमा देखिन्छन् । त्यसका लागि भारतको औपचारिक भ्रमणको भित्री तयारी शुरु भएको छ । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड संसदमा विवश्वासको मत लिने, त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने र भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् ।

भारतीय प्रधानमन्त्रीले चैत ३० देखि वैशाख ३ सम्म केही औपचारिक कार्यक्रम बनाएर प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमण गराउने गरी भित्री तयारी छ । त्यसका लागि ‘भाइब्रेन्ट गुजरात’ कार्यक्रममा सहभागिता गराउने गरी भारतले तयारी गरेको बताइन्छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्मा प्रधानमन्त्रीको आगामी भ्रमणका विषयवस्तुबारे प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र सचिव भरतराज पौड्यालसँग विस्तृत छलफल गरेर बुधबार नयाँदिल्ली फर्किएका छन् । 


प्रकाशित मिति: बिहिबार, २ चैत, २०७९, ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९